माछापुच्छ्रे बैंक र स्मार्टच्वाईस टेक्नोलोजि‌ बीच सम्झौता ,माछापुच्छ्रे बैंकले एससीटीको यूपीआई डेबिट कार्ड जारी गर्ने

Yangle News
Yangle News
२०७९ माघ ९ गते
माछापुच्छ्रे बैंक र स्मार्टच्वाईस टेक्नोलोजि‌ बीच सम्झौता ,माछापुच्छ्रे बैंकले एससीटीको यूपीआई डेबिट कार्ड जारी गर्ने

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजि र माछापुच्छ्रे बैंक बीच सम्झौता भएको छ । दुई निकायबीच एकआपसमा एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका छन् ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

उक्त सम्झौतापश्चात माछापुच्छ्रे बैंकका ग्राहकहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सकिने छ ।

533 views