मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड

Yangle News
Yangle News
२०७९ माघ ६ गते
मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु । मिटरब्याजी समस्याले हजारौं किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु’ । प्रधानमन्त्रीसँगको भेटमा किसानका प्रतिनिधिहरुले वर्तमान सरकारबाट आफूहरुका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

366 views