यी हुन मदन पुरस्कार – २०७९ मा परेका उत्कृष्ट पाँच पुस्तक

Yangle News
Yangle News
२०८० साउन २४ गते
यी हुन मदन पुरस्कार – २०७९ मा परेका उत्कृष्ट पाँच पुस्तक

 

नेपालको साहित्यिक क्षेत्रका कृतिलाई प्रदान गरिने पुरस्कार ‘मदन पुरस्कार–२०७९’ का लागि उत्कृष्ट पाँच कृति छानिएको छ । मदन पुरस्कार गुठीले ३ सय १३ वटा कृतिबाट उत्कृष्ट पाँच छनोट गरेको हो । ३ सय १३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो ।

छनोट भएका पुस्तकहरूमा लेखक सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

छनोटमा परेका पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ । वि. स. २०१२ सालमा यो पुरस्कारको स्थापना गरिएको हो । वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान र विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ । विजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

 

265 views