एप्पलले अर्को हप्ता आईओएस १६.३ लन्च गर्दै

Yangle News
Yangle News
२०७९ माघ ५ गते
एप्पलले अर्को हप्ता आईओएस १६.३ लन्च गर्दै

एप्पलले अर्को हप्ता आईओएस १६.३ सफ्टवेयर अपडेट ल्याउने भएको छ । नयाँ आईओएस १६.३ सफ्टवेयर अपडेटमा एप्पलले महत्वपूर्ण सुधारहरू ल्याउने अपेक्षा गरिएको छ ।

यसले स्क्रिनमा अस्थायी रूपमा देखिने तेर्सो रेखाहरू हटाउनुका साथ साथै लक स्क्रिन र यसको विजेट ठीक गर्नेछ। यसमा नयाँ सेकेन्ड जेनेरेशनहोमपोड र फिजिकल सेक्युरिटी कि को पनि सपोर्ट हुनेछ ।

एप्पलका अनुसार नयाँ आईओएस १६.३ ले केही आईफोन १४ प्रो म्याक्समा फोन वेक-अप वा रिस्टार्टको समयमा देखा परेका तेर्सो रेखाहरूलाई  ठिक गर्ने छ।

यस्तै आईओएस १६.३ अपडेटले लक स्क्रिन वालपेपरमा  कहिलेकाँही कालो देखिने समस्यालाई पनि समाधान गर्नेछ ।

यस भन्दा अगाडिको आईओएस १६.२ मा सिरीले सङ्गीत अनुरोधहरूको उचित प्रतिक्रिया नदिएको धेरैको गुनासो थियो। तर नयाँ अपडेटले स्मार्टफोन र कारप्ले दुवैमा यो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

एप्पलले नयाँ आईओएस १६.३ अपडेट अर्को हप्ता मंगलबार वा बुधबार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

365 views