क्यानडामा प्रधानमन्त्री कार्नीको पार्टी विजयी

Yangle News
Yangle News
२०८२ बैशाख १६ गते
क्यानडामा प्रधानमन्त्री कार्नीको पार्टी विजयी

क्यानडामा सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको पार्टी विजयी भएको छ । उनको लिबरल पार्टीले हालसम्म १६८ सिट जितेको छ ।

क्यानडामा सरकार बनाउनका लाग १७२ सिट चाहिन्छ । अहिले पनि केही क्षेत्रको अन्तिम मत परिणाम आइनसकेकाले लिबरल पार्टीले बहुमत ल्याउँछ कि ल्याउँदैन भन्ने स्पष्ट हुन सकेको छैन । चुनाव जितेपछि प्रधानमन्त्री कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूलाई फुटाउने कोसिस गरेको आरोप लगाए ।

क्यानडामाथि हैकम जमाउने सपना नदेख्न उनले ट्रम्पलाई चुनौती पनि दिए । ‘क्यानडामाथि अधिपत्य जमाउने सपना कहिल्यै पूरा हुँदैन,’ उनले भने । उनले अमेरिकासँग अब कुनै किसिमको सम्बन्ध बाँकी नरहेको प्रस्ट पारेका छन् ।

यसअघि लिबरलले सन् २०१५ मा बहुमत प्राप्त गरेका थियो । त्यसयता उसले अल्पसंख्यकहरूसँग मिलेर सरकारको नेतृत्व गर्दै आएका छन् ।