प्रधानमन्त्रीसँग युरोपेली सङ्घका राजदूत डिप्रेजको भेट

Yangle News
रासस
२०७९ पुस २१ गते
प्रधानमन्त्रीसँग युरोपेली सङ्घका राजदूत डिप्रेजको भेट
sf7df8f}F, @) k';M k|d bfxfn;Fu /fhb"tsf] e]6 k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú;Fu afn'jf6f/df a'waf/ lzi6frf/ e]6jftf{ ub}{ g]kfnsf nflu o"/f]k]nL ;ª3sf /fhb"t gf]gf 8]k|]h . tl:a/ M k|bLk/fh jGt /f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले हिजो (बुधबार) शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, हिजोनै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गर्नुभएको थियो । सो क्रममा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

550 views