एडिडासद्दारा फिफा विश्वकप कतार २०२२ को सेमिफाइनल र फाइनलको लागि प्रयोग हुने आधिकारिक म्याच बल सार्वजानिक

Yangle News
गणेश पौडेल
२०७९ मंसिर २६ गते
एडिडासद्दारा फिफा विश्वकप कतार २०२२ को सेमिफाइनल र फाइनलको लागि प्रयोग हुने आधिकारिक म्याच बल सार्वजानिक

फिफा विश्वकप कतार २०२२ को सेमिफाइनल र फाइनलका लागि आधिकारिक म्याच बलको रूपमा एडिडासले अल हिल्म नामक बल सार्वजानिक गरेको छ ।

अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ “द ड्रीम” हो ।

समूह चरणमा प्रयोग गरीएको आधिकारिक म्याच बल अल रिहला थियो । जसको अर्थ “यात्रा” हो ।

Yangle News

यस अघि प्रयोग भएको बल अल रिहलामा जस्तै यो बलमा पनि आधुनिक एडिडास “कनेक्टेड बल ” टेक्नोलोजीको प्रयोग गरीएको छ । यो नयाँ प्रविधि प्रयोग गरी बनाइएको बलले रेफ्रीहरूलाई सटीक निर्णय लिन मद्दत गर्ने एडिडासले जनाएको छ।

यो एडिडास ” कनेक्टेड बल ”  टेक्नोलोजीले भिडियो एसिस्टेन्ट रेफ्रीहरूलाई तत्काल डेटा प्रदान गर्दछ । बल भित्र रहेको आईएमयू सेन्सरद्वारा लिएको बल डेटा संयोजन गरेर नयाँ टेक्नोलोजीले सानो र कठिन अफसाइड निर्णय लिनलाई रेफ्रीहरूलाई सहयोग गर्दछ , विशेष गरी यो टेक्नोलोजीले बललाई टाइट अफसाइड परिस्थितिमा खेलिएको सही क्षण प्रदान गर्दछ ।

 

456 views