यस वर्षको ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ सखुवासभाका संस्थापक अध्यक्ष डा. मातृका तिम्सिनालाई प्रदान गरिएको छ ।
संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसन (एसकाज)ले प्रत्येक बर्ष संखुवासभा जन्मथलो भएर नेपालभर पत्रकारिता गर्ने कृयाशिल पत्रकारलाई प्रदान गर्दै आएको उक्त पुरस्कार यो वर्ष तिम्सिनालाई प्रदान गरेको हो ।
गत बर्ष सम्म यो पुरस्कारको राशी २५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गदैं आएपनि यस बर्षबाट यो पुरस्कारको राशी बृद्धि गरी ५० हजार रुपैयाा पुर्याईएको एस्काजले जनाएको छ ।
उहाले आफुले पाएको पुरस्कार पचास हजार रुपैया मध्य पन्ध्र हजार रुपैया एसकाज संस्थाको कोषको लागि प्रदान गरेको पनि बताउनुभयो ।
शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले डा. तिम्सिनालाइ ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । मनमाया र रामबहादुर श्रेष्ठको नाममा स्थापित संस्था मनराम प्रतिष्ठान र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसियसन (एसकाज) ले संयुक्त रुपमा स्थापना गरेको हो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले डा. तिम्सिनाले संखुवासभाको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान महत्वपुर्ण रहेको बताउनुभयो ।उहाले सामाजिक अभियन्ता बौद्धिक व्यक्तित्व र कुशल नेतृत्व तिम्सिनामा रहेको भन्दै संखुवासभाको पत्रकारिताको क्षेत्रको विकासमा लागि रहन अग्रह गर्नुभयो ।
डा. तिम्सिनाले संखुवासभामा पत्रकारिताको विकासका लागी तत्कालिन समयमा ट्राईपाईटर मार्फत लिथो गरेर पत्रिका प्रकाशन गर्दै आउनुभएको थियो भने देलिभिजन पत्रकारिताको लागि खादबारी टेलिभिजन समेत सञ्चालनमा ल्याउनु भएको थियो । डा. तिम्सिनाले भने मनराम प्रतिष्ठान र संखुवासभा काठमाडौ जर्नालिष्ट एशोसियसन द्धारा स्थापित पुरस्कार पाउँदा खुसि लागेको बताउदै यस क्षेत्रको विकासका लागि निरन्तर लागि रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएका संखुवासभा स्थायी घर भएका रामबहादुर श्रेष्ठ र मनमायाँ श्रेष्ठको नाममा स्थापित संस्था मनराम फाउण्डेशन र संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसन (एसकाज)द्धारा संयुक्त रुपमा स्थापित यो पुरस्कार यस अघि संखुवासभाका कृयाशिल पत्रकार गंगा बिष्ट, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरी, कान्तिपुरमा कार्यरत पत्रकार दिपेन्द्र शाक्य, खाँदबारी एफएमका स्टेशन म्यानेजर कृष्णराज शाक्य, नयाँ पत्रिकामा कार्यरत पत्रकार नविन गुरुङ, पाख्रिवास साप्ताहिकका सम्पादक प्रेम निरौलाले प्राप्त गरिसकेका छन ।