थापाथली घटनाका दोषीको कारवाहीका लागि महानगरबाट प्रहरीमा पत्राचार

Yangle News
Yangle News
२०७९ मंसिर १३ गते
थापाथली घटनाका दोषीको कारवाहीका लागि महानगरबाट प्रहरीमा पत्राचार

काठमाडौँ । थापाथलीमा रहेको सुकुम्बासी बस्ति हटाउने क्रममा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउनुभएको हो।

बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहित ३ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको नर्भिक अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । मेट्रो न्युज

354 views