गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका छन। भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका छन।
०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ ।