ललितपुर क्षेत्र नम्बर-३ मा तोसिमाको सानदार जित

Yangle News
रासस
२०७९ मंसिर ७ गते
ललितपुर क्षेत्र नम्बर-३ मा तोसिमाको सानदार जित

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । बिहान सार्वजनिक मतपरिणामअनुसार कार्की १४ हजार २०८ मतका साथ विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् ।

311 views