बिर्तामोडको कपडा पसलमा आगलागी

Yangle News
रासस
२०७९ कार्तिक २९ गते
बिर्तामोडको कपडा पसलमा आगलागी

झापाको बिर्तामोडस्थित प्रसाईं मार्केटमा आज बिहान आगलागी भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।

राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

303 views