काठमाडौं उपत्यकासहित देशभर हावाहुरी र वर्षा

Yangle News
Yangle News
२०८१ फाल्गुन २८ गते
काठमाडौं उपत्यकासहित देशभर हावाहुरी र वर्षा

बुधबार साँझ काठमाडौं उपत्यकालगायत देशभरजसो हावाहुरीसहित पानी परिरहेको छ ।

गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार प्रि-मनसुन सुरु भएकाले यो अवस्थामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने हुन्छ । बुधबार साँझ उपत्यकामा हावाहुरीसहित पानी पर्दा भिजिविलिटी कम हुँदा केही उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका अनुसार हावाहुरीसहित पानी पर्दा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हवाई उडान केही समय प्रभावित भएका हुन् ।