घुँडाको समस्याका कारण पउल पोग्वाले विश्वकप गुमाउने

Yangle News
Yangle News
२०७९ कार्तिक १५ गते
घुँडाको समस्याका कारण पउल पोग्वाले विश्वकप गुमाउने

फ्रान्सेली मिडफिल्डर पउल पोग्वाले फिफा विश्वकप कतार २०२२ गुमाउने भएका छन् ।

सेप्टेम्बरको सुरुमा दाहिने घुँडाको शल्यक्रियापछि पोग्बा यसै महिना इटालियन क्लब युभेन्टससँगको प्रशिक्षणमा फर्किएका थिए । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट युभेन्टस फर्किएपछि उनले खेलेका छैनन् र फेरि घाइते भएका छन् ।

पोग्बाले जुलाईमा युभेन्टसको प्रि सिजन भ्रमणको क्रममा आफ्नो मेनिस्कस च्यातिएपछि शल्यक्रिया गराएका थिए । उनी दुई साताअघि म्यानचेस्टर युनाइटेडबाट इटालियन क्लबमा पुनः सामेल भएका थिए । पोग्बा अन्तिम पटक अप्रिलमा आधिकारिक खेल खेलेका थिए ।

पाउल पोग्बा २०१८ मा फ्रान्स विश्वकप विजेता बन्दा टोलीको एक महत्वपूर्ण मिडफिल्डर थिए ।

डिफेन्डिङ च्याम्पियन फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यो समूह ‘डी’ मा डेनमार्क र ट्युनिसिया पनि छ । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले यसैसातामा आफ्नो टोली घोषणा गर्ने योजना बनाएको छ ।

२०१८ को विश्व विजेता फ्रान्स आफ्नो दुई मिडफिल्डर बिना नै कतारमा हुनेछ । चेल्सीका एन’गोलो कान्टे ह्यामस्ट्रिङ चोटको शल्यक्रियापछि बाहिर छन् ।