आगामी मंसिर ४ मा हुने आम निर्वाचनको समानुपातिक बन्द सूचीमा समावेश भएका ४ सय ३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्नेभएको छ ।
मसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने आयोगले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।
राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने जनाइएको छ।