पाठेघरको मुखको क्यान्सरका कारण, लक्षण र उपचारका विधीहरु

Yangle News
डा.एलिजा श्रेष्ठ
२०७९ अशोज १३ गते
पाठेघरको मुखको क्यान्सरका कारण, लक्षण र उपचारका विधीहरु

पाठेघरको मुखको क्यान्सर के हो ?

पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरुको बृद्धि हो । जुन साधारण उपचारले फेरी फर्कन सक्छ र अरु अंगहरुमा पनि सर्न सक्छ ।

यो रोग कसरी हुन्छ ?

पाठेघरको मुखको क्यान्सर सामान्यता एब प्रकारको भाइल संक्रमण गर्दा हुन्छ । ह्युमन पापिलोमाभाइरस नामक किटाणुका केही प्रजाती यसको मुख्य कारक हुन । पाठेघरको मुखमा बारम्बार स्रक्रमण हुने महिलालाई यस किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्न सक्छ र त्यसलाई अनियन्त्रित तवरले बढ्न मदत पुर्याउदछ र बिस्तारै क्यान्सरमा परिणत गराउन सक्छ ।

यो रोग कसलाई हुन सक्छ ?

प्रजनन सक्षम कुनै पनि उमेरका महिलालाई यो रोग लाग्न सक्दछ । विशेषगरि ३० देखि ६० वर्षका महिला जसको विहावारी भैसकेकमे छ अथवा शारिरीक सम्पर्क भएका मअिलामा पाठेघर मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । बढि जोखिममा यी महिलाहरु पर्दछन । धेरै बच्चा भएका, सानो उमेरमा विवाह भएका । यौन ब्यवसायमा लागेका श्रीमान्को अर्को श्रीमतीलाई यो रोग भएको छ भने पनि आफुलाई हुने सम्भावना बढी हुन्छ । चुरोट, खैनी, बिडी, तम्बाखु ईत्यादि सेवन गर्ने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका । धेरै वर्ष १ वर्ष भन्दा बढी सम्म परिवार नियोजनका लागि चक्कि खाएका महिलालाई यो रोग लाग्न सक्दछ।

यो रोगका लक्षणहरु के के हुन् ?

शुरुमा केही लक्षण नदेखिने सक्दछ, तर पछि रोग बढेको खण्डमा निम्न लक्षणहरु देखा पर्न सक्दछन् :

शुरु शुरुमा पहिलेको भन्दा अलि धेरै पानी बग्ने, पानी गन्हाउने, पटक पटक इन्फेक्सन भइ राख्ने पानीमा रगत देखा पर्ने यस रोगको प्रमुख लक्षण हो रगत मिसिएको हुन सक्ने हुन्छ । महिनाबारी नभएको समयमा पनि रगत देखा पर्ने यस रोगको प्रमुख लक्षण हो । महिनावारी बन्द भैसकेको महिलामा फेरी रगत देखा परेमा यो रोग लागेको शंका गर्न सकिन्छ । धेरै फैलिएको अवस्थामा भने पेट फुल्ने, खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने, साथै दिसा पिसावमा समस्या देखा पर्न सक्दछ ।

यो रोगका उपचार विधिहरु के के हुन् ?

प्याप स्मियर तथा अन्य जाचँहरुद्धारा क्यान्सर भएको पत्ता लागेमा तुरुन्त उपचार गराउनु पर्दछ । क्यान्सर विशेष चिकित्सकहरुसँग कुन महिलालाई कसरी उपचार गर्ने भन्नेबारे सल्लाह गर्नुपर्दछ । राम्रो उपचार पाएमा पूर्ण निको हुन सक्ने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर एक हो ।

यसका उपचार विधिहरु यस प्रकार रहेका छन् :

शल्यक्रियाको : शल्यक्रियाको माध्यमवाट पनि पाठेघरको मुखको क्यान्सर निको हुन सक्दछ ।

रेडियोथेरपी :  पाठेघरको उपचारमा यसको विशेष महत्व छ । विकिरणको माध्यमद्धारा पाठेघरको शल्यक्रिया नगरी यस प्रविधिबाट क्यान्सर निको पार्न सकिन्छ ।

किमोथेरापीको :  क्यान्सर फैलिसकेको अवस्थामा औषधीको माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ ।

324 views