उमा भुजेल नेतृत्व नेकपा र नेपाली कम्युनिस्ट पार्टीबीच एकता

Yangle News
Yangle News
२०८३ कार्तिक १७ गते
उमा भुजेल नेतृत्व नेकपा र नेपाली कम्युनिस्ट पार्टीबीच एकता

काठमाडौं । विप्लव नेतृत्व नेकपाबाट विभाजित भई बनेको उमा भुजेल नेतृत्व नेपाल कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकता भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा १० बुँदे सहमती पत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा भएको हो । केहि समय अघि विप्लव नेतृत्व पार्टीबाट कारवाहीमा परेपछि उमा भुजेलले नेकपा पार्टी बनाएको थियो । उमा भुजेल नेतृत्व नेकपाले देशका विभिन्न जिल्लाहरुमा संगठन विस्तार गर्दै राष्ट्रिय अधिवेशन गरेको थियो । अधिवेशनबाट उमा भुजेल सर्वसम्मत महासचिवमा चयन भएका थिए । महासचिवमा निर्वाचित भुजेल नेतृत्व पार्टी केहि समयमा नै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको हो ।

Yangle News

उमा भुजेल तत्कालिन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्व पार्टीमा गएका थिए । वैद्य नेतृत्व पार्टीबाट विप्लवले विभाजन गरेको पार्टीमा उमा भुजेल गएका थिए । अहिले उनै विप्लवलाई छोडेर पुन प्रचण्ड नेतृत्व पार्टीमा समाहित भएका छन् ।

जनयुद्धकालमा भुजेल २०५६ साल कार्तिक १३ गते राति सङ्गठनकै कामले लमजुङको तान्द्राङबाट पक्राउ परेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई गोरखाको घ्याम्पेसाल ल्याएको थियो ।

त्यहाँबाट गोरखा कारागारमा राखिएको थियो । कारागारमा धेरै यातना दिइयो । त्यहाँ चार दिन राखेर भुजेललाई राति आँखामा कालोपट्टी बाँधेर प्रहरीले तनहुँमा लगेको थियो ।

पछि अदालतले तारिखमा छोड्यो तर अदालतले छोडे लगत्तै प्रहरीले गिरफ्तार गर्‍यो, फेरि गोरखा ल्याएको थियो । गोरखा जेलमा रहेको बेला भुजेल सहित पाँच जनाले २०५७ साल चैत १७ गते राति जेल ब्रेक गरेर भागेका थिए ।

Yangle News