राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो केन्द्रीय महाधिवेशन

Yangle News
Yangle News
२०८३ असार ७ गते
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो केन्द्रीय महाधिवेशन

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशन चितवनमा सुरू हुँदैछ । महाधिवेशनका लागि पार्टीका वरिष्ठ नेता एवं  प्रधानमन्त्री बालेन्द्र शाह केहिवेर अघि चितवन पुगेका छन् । भरतपुर १० स्थित गेस्ट हाउस चौरमा महाधिवेशन उद्घाटन समारोह आयोजना हुनेछ । उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता शाहले सम्बोधन गर्ने छन् ।  उद्घाटन कार्यक्रमको सञ्चालन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले संयुक्त रूपमा गर्ने छन् ।

महाधिवेशनमा शुभकामना दिन राष्ट्रिय मान्यताप्राप्त सबै पार्टीहरुलाई रास्वपाले निमन्त्रण गरेको छ । कांग्रेसबाट सभापति गगन थापा र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन आउनेछन् । यस्तै, एमालेले प्रदीप ज्ञवाली र नेकपाले वर्षामान पुनलाई प्रतिनिधिका रुपमा पठाउने भएको छ ।

श्रम संस्कृति पार्टीले भने प्रतिनिधि पठाउनेबारे केही जानकारी दिएको छैन । सो पार्टीका अध्यक्ष हर्क साम्पाङले महाधिवेशनमा निम्ता आए पनि नजाने पूर्वघोषणा गरेका थिए । महाधिवेशन उद्घाटन कार्यक्रममा विदेशी प्रतिनिधिहरूलाई बोलाइएको छैन ।