एनसेलका ग्राहकलाई अल्टिमाका सामानहरु ६० प्रतिशत छुटमा

Yangle News
Yangle News
२०८३ जेष्ठ २४ गते
एनसेलका ग्राहकलाई अल्टिमाका सामानहरु ६० प्रतिशत छुटमा

 

दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामानहरुको खरिदमा ६० प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्याजेट तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलका साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच, पावर ब्याङ्क लगायतका ग्याजेटहरूमा विशेष छुट दिइएको कम्पनीले जनाएको छ ।

यसकालागि एनसेलको सिम प्रयोगकर्तासँग ९९ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक एक्टिभ भएको हुनुपर्नेछ । प्रिपेड र रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहकहरूले  यस योजना अन्तर्गत खरिद गरेका सामानहरु नेपालभर डेलिभरी हुने बताइएको छ ।

ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर पार्टनर्ड सर्भिसेसमा गई अल्टिमा लाइफस्टाइल छान्नु पर्ने हुन्छ ।