डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक, छैन प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश

Yangle News
Yangle News
२०८३ जेष्ठ २ गते
डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक, छैन प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश

प्रतिनिधिसभाको आगामी डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक भएको छ । तर, क्यालेन्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।

शनिबार प्रतिनिधिसभाको आगामी १५ असारसम्मको क्यालेन्डर सार्वजनिक गरेको हो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५५ बमोजिम म्यालेन्डर सार्वजनिक गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको छ । नियमालवीको नियम ५६ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

नियमावलीमा ‘सभामुखले गर्नेछ’ भन्ने शब्द प्रयोग गरिएको छ, जसलाई बाध्यकारी व्यवस्था मानिन्छ । यदि तय भएको दिन बैठक बस्न नसके त्यसपछिको पहिलो बैठकमै प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने प्रावधान पनि नियमावलीमा छ । तर, शनिबार सार्वजनिक गरिएको नयाँ संसदीय क्यालेन्डरमा जेठ र असार दुवै महिनाका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।

यस नियमअनुसार, यसअघिका सबै प्रधानमन्त्रीले कम्तिमा एक घण्टा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै आएका थिए । तर, यस पटक उक्त अभ्यासलाई बेवास्ता गरिएको छ ।

सम्भावित कार्यसूची :

Yangle News

Yangle News