‘नेपाल सरकारलाई धेरै-धेरै धन्यवाद तथा दीर्घायूको कामना गर्दछु’

Yangle News
Yangle News
२०८३ बैशाख ३१ गते
‘नेपाल सरकारलाई धेरै-धेरै धन्यवाद तथा दीर्घायूको कामना गर्दछु’

प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाएको माग पूरा भएको जनाएका छन् । २ दिन अघि संसदमा बोलेको र तीन हप्ता अगाडि प्रधानमन्त्रीलाई बुझाएको लिखित माग पूरा भएको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मैले लामो समय देखि गरेको माग पुरा भयो । दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला । त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला । अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरू छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु । साथै मैले रिसको झोँकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्दछु ।’

पुनले प्रधानमन्त्रीलाई छुट्टै विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका थिए । उनको यो मागअनुसार सरकारले छुट्टै मन्त्रालय गठन गरेको हो ।