भावावेगमा बोलेर गल्ती गरे : प्रधानमन्त्री दाहाल

Yangle News
Yangle News
२०८० असार २५ गते
भावावेगमा बोलेर गल्ती गरे : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा आफू अलि भावनामा बग्ने मान्छे भएकाले भावावेगमा त्यस्तो बोलेको जवाफ दिएका छन् । प्रधानमन्त्रीले सो भनाइप्रति आत्मालोचना समेत गरेको बताए ।

असार १८ गते आयोजित पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । अवरुद्ध संसद् खुलाउने क्रममा प्रधानमन्त्रीले आज सम्बोधन गरेका हुन ।

उनको स्पष्टीकरण सकिएसँगै प्रतिनिधि सभाको बैठक असार २९ गतेसम्मका लागि स्थगित भएको सभामुखले घोषणा गरे । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

295 views