‘आँखा’लाई अमेरिकामा दुई अवार्ड

Yangle News
Yangle News
२०८३ बैशाख २५ गते
‘आँखा’लाई अमेरिकामा दुई अवार्ड

नेपाली चलचित्र ‘क्रलिङ क्रोज : आँखा’ले अमेरिकामा आयोजना भएको वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुईवटा अवार्ड पाएको छ ।

जौन योञ्जनद्वारा निर्देशित उक्त चलचित्रले ‘रेमी अवार्ड’ जितेको छ । यो चलचित्रले ‘विदेशी फिचर’ विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’ र ‘निर्देशन-क्राफ्ट’ विधामा ‘गोल्ड अवार्ड’ जितेको हो । विश्वभरका चलचित्र निर्माता र सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना भएको थियो ।

निर्देशक योञ्जनले यो अवार्डले ‘नेपाली कथाहरूले विश्वव्यापी दर्शकको मन छुन सक्छन्’ भन्ने स्पष्ट पारेको बताए । सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसको कथा, संघर्ष र यथार्थलाई यो चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रमा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङलगायत कलाकारहरूले अभिनय गरेका छन् ।