सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी भएसँगै विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त अध्यादेशबाट राष्ट्रिय खेलकुद परिषद्का १९ पदाधिकारीहरू पदमुक्त भएका छन् ।
सरकारद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा बनेको अध्यादेशको दफा (२)को उपदफा (१) बमोजिम मन्त्रिपरिषदबाट नियुक्त भएका राखेपका पदाधिकारीहरू १९ वैशाखदेखि लागू हुनेगरी स्वतः पदमुक्त भएको मन्त्रालयका प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन् ।
‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश२०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्बाट नियुक्त भएका राखेपका पदाधिकारीहरु वैशाख १९ गतेदेखि लागु हुने गरी स्वतः पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति :