साताको सेयरबजार : करिब ३ प्रतिशत बढ्यो नेप्से

Yangle News
Yangle News
२०८२ जेष्ठ १० गते
साताको सेयरबजार : करिब ३ प्रतिशत बढ्यो नेप्से

यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६ सय ११.८५ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९४ प्रतिशत अर्थात ७६.७० अंक बढेर २६ सय ८८.५५ विन्दुमा पुगेको छ ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो ।

नेप्से बढे पनि यस साता कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ७४ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.९५ प्रतिशत घटेको हो । यस साता दैनिक औषत शेयर संख्या ६.६३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १६.५३ प्रतिशत घटेको छ ।

नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब २९ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।

यस साता १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ७.१८ प्रतिशत बढेको छ । गत साता १३ सय १.८२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९३.४२ अंक बढेर १३ सय ९५.२४ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता अन्य र लघुवित्त उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढको छ ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता १२ हजार ३२६.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४१.८ अंक बढेर १२ हजार ५६८.३९ विन्दुमा पुगेको छ ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक १.९७ प्रतिशत घटेको छ । गत साता ४३८९.३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८६.४९ अंक घटेर ४३०२.८६ विन्दुमा झरेको छ ।

यस साता ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ६१ प्रतिशत बढेको छ । गत साता ६३६ रुपैयाँ २० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार २४ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, यस साता सिन्धु विकास बैंकको शेयरमूल्य पनि २७.६९ प्रतिशत बढेको छ । कारोबारमा आएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस साता सर्वाधिक १२.५३ प्रतिशत घटेको छ ।

यस साता नेप्सेमा एमबिएल इक्विटी फण्डको १२ करोड १६ लाख २५ हजार ३३० इकाई सूचीकृत भएको छ ।