नेपाली कम्युनिस्ट पार्टी (नेकपा)निकट अखिल नेपाल सुकुम्वासी संघले संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार (वैशाख १७) काठमाडौंमा पत्रकार सम्मेलन गरी वालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीबाट हटाउन मागदेखि अनिश्चितकालीन आमहडतालसम्मका कार्यक्रम घोषणा गरिएको हो ।
मेची-महाकाली राजमार्ग चक्काजाम गर्नेलगायत संघर्षका कार्यक्रम घोषणा गरिएको छ । दुई चरणमा विभिन्न मितिमा गर्ने गरी कार्यक्रम घोषणा गरिएको संघका अध्यक्ष अमर परियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘२०६३ जेठ ७ गतेबाट मेची-महाकाली राजमार्ग र सुकुम्वासीकेन्द्रित क्षेत्र केन्द्रित संघर्षसहित सबै संघसंस्था, राजनीतिक दल, जनवर्गीय संगठनहरू र आमजनसमुदायको सहयोग एवम् देशभरका वास्तविक भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको प्रत्यक्ष र व्यापक सहभागितामा देशव्यापी अनिश्चितकालीन आमहड्ताल गर्ने,’ विज्ञप्तिमा भनिएको छ ।
सुकुम्वासी बस्ती एवं अतिक्रमित सरकारी जमिन खाली गर्ने सरकारको कदमविरुद्ध आन्दोलन घोषणा गरिएको हो ।
विज्ञप्ति :