साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

Yangle News
Yangle News
२०८२ चैत्र १३ गते
साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

अन्तिम खेलमा माल्दिभ्सँग १-१ को बराबरी गर्दै नेपालले साफ यू-२० च्याम्पियनसिपको समूह चरण पूरा गरेको छ ।

यो बराबरीसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । सात अंकका साथ सेमिफाइनल प्रवेश गरेको नेपालले समूह चरणमा दुई जित र एक बराबरी गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई २-१ र श्रीलंकालाई १-० ले पराजित गरेको थियो ।

शुक्रबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा घरेलु टोलीले पहिलो हाफमा अग्रता लिएको थियो । तर, अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले बराबरी गरेको हो । २४औं मिनेटमा माल्दिभ्सलाई कप्तान मोहम्मद इलान इम्रानले अग्रता दिलाएका थिए । तर, सम्हालिन नसक्दा नेपालले ८७औं मिनेटमा टोलीका निसान राज रावलको गोलमा पुनरागमन गर्‍यो । निशानले टोलीका सुवास बमको फ्रिकिक पासमा हेडर गोल गरेका थिए ।

बराबरीसँगै माल्दिभ्सले दुई अंकका साथ प्रतियोगिता टुंग्याएको छ । यसअघि नै सेमिफाइनलबाट बाहिरिएको घरेलु टोलीले पहिलो खेलमा श्रीलंकासँग ३-२ ले पराजित हुँदा दोस्रो खेलमा भुटानसँग गोलरहित बराबरी गरेको थियो ।

Yangle News