जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार बाध्य

Yangle News
Yangle News
२०८२ चैत्र ११ गते
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार बाध्य

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् । कार्कीले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।

उक्त प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेखका रूपमा राखेर सार्वजनिक गरिने निर्णय गरिएको छ । विभिन्न सञ्चारमाध्यममार्फत आज सार्वजनिक भइसकेको प्रतिवेदन सरकारले बल्ल सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यसअघि मंगलबार उनले नेपाल बाल संगठन तथा बालमन्दिरसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् । सो प्रतिवेदन पनि संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखिने बताइएको थियो ।

त्यसैगरी, प्रधानमन्त्री कार्कीले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उक्त मार्गचित्र सम्बन्धित निकायमार्फत सार्वजनिक गरिने जनाइएको थियो ।