वन अधिकृतले एक करोड २५ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर

Yangle News
Yangle News
२०८० पुस २३ गते
वन अधिकृतले एक करोड २५ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर

 

डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत विरुद्ध एक करोड २५ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता देवप्रसाद थपलियाले दसौं तहका डिभिजन वन अधिकृत दीर्घ नारायण कोइरालाले एक करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिए ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कोइरालाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको ३२ वर्षमा गरेको आम्दानी र खर्चको विश्लेषण गर्दा एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ बढी देखिएको हो ।

गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा आयोगले कोइरालाविरुद्ध से रकम  बराबरको बिगो जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।

249 views