प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक मतमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ .
यो समाचार तयार गर्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ६७ सिट, कांग्रेसले ९ सिट, एमालेले ३ सिट, नेकपाले २ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट जितेका छन् । रास्वपा ५५ सिटमा अग्रता लिँदा एमाले, कांग्रेस र नेकपा लगभग ९, ८ र ५ सिटमात्र अग्रता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ८ लाख १८,१२५ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख १७,०१३ मत, नेपाली काँग्रेसको १ लाख ४१,८६८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १ लाख १३,४४४ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले ५६ हजार ३८२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० हजार २८४, श्रम संस्कृति पार्टीले १५ हजार ३७८ मत प्राप्त गरेको छ ।