दुई दिन देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Yangle News
Yangle News
२०८२ माघ १२ गते
दुई दिन देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी गराउँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ ।

महाशाखाले आज साँझ जारी गरेको बुलेटिनअनुसार मंगलबार र बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना छ । यस्तै ती २ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-‍भागका केही स्थानमा मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी मंगलबार र बुधबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागमा मेघगर्जन/चट्याङ सहितको वर्षाको समेत सम्भावना छ । मौसम महााखाले भनेको छ, ‘सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ ।’