प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू अचानो जस्तो बनेको भन्दै दिक्दारी व्यक्त गरेकी छन् । राजनीतिक दलदेखि जेनजीसम्म सबैको निसानामा परेको भन्दै कार्कीले दिक्दारी व्यक्त गरेकी हुन् ।
‘हामी अचानोजस्तो रहेछौं । राजनीतिक दलले पनि गाली गर्छन् । अहिले छोड्, भोलि नै छोड् भन्छन्,’ बाह्रखरी कथा प्रतियोगिताको नतिजा घोषणा कार्यक्रममा कार्कीले भनिन्, ‘जेनजीले पनि आजै छोड्, भोलि नै छोड्, पर्सि नै छोड् भन्छन् ।’
उनले आफूहरू पेन्डुलम बन्नुपरेको भन्दै निकै सकस र धैर्यका साथ बसेको बताइन् । ‘हामी पेन्डुलमजस्तो भयौं । तै पनि सकस गरेर, मेहनत गरेर धैर्यका साथ काम गर्दैछौं,’ कार्कीले थपिन् ।
जेनजीकै २५/३० वटा समूह रहेको भन्दै उनले फरक-फरक मागले हैरान भएको बताइन् । देश ‘बंगलादेश नबनोस्’ भन्ने उनको कामना छ । ‘युवाहरूबाटै निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ । केही गर्दा पनि सुख नहुने । २५ वटा ३० वटा जेनजी समूह हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ,’ कार्कीले भनिन् ।