एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ नामक आकर्षक अफर सार्वजनिक गरेको छ ।
यस अभियानअन्तर्गत आगामी मंगलबार (नोभेम्बर ११) का दिन एनसेल एपमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज वा प्याक खरिद गर्ने ११ जना भाग्यशाली ग्राहकले निःशुल्क ११ जीबी डेटा प्राप्त गर्ने भएका छन् । उक्त डेटा ११ दिनसम्म प्रयोग गर्न सकिनेछ।
११:११ उत्सवको अवसर पारेर सुरु गरिएको यो विशेष अफरले एनसेलका प्रिपेड प्रयोगकर्तालाई पुरस्कृत गर्ने र उनीहरूलाई रमाइलो तथा सहभागी अनुभव दिलाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
एनसेल एप, जसलाई ‘वन–स्टप सेल्फ–केयर एप’ पनि भनिन्छ, मार्फत ग्राहकहरूले सजिलै विभिन्न भ्वाइस र डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल जाँच गर्न, सिम संशाधन ट्रयाक गर्न, रोयमिङ लगायतका सेवा सक्रियरनिष्क्रिय गर्न, तथा साथीहरूलाई डेटा वा भ्वाइस प्याक उपहार पठाउन सक्ने सुविधा पाउँछन् ।
त्यस बाहेक एपमा अनलाइन तथा अफलाइन खेल खेल्ने, प्रमुख सञ्चारमाध्यमबाट समाचार पढ्ने लगायतका सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी यी सुविधाको लाभ लिन सक्नेछन् ।
११:११ लाई विश्वव्यापी रूपमा ‘सिंगल्स डे’ का रूपमा चिनिन्छ, जुन चीनमा सुरु भएको प्रमुख खरिद उत्सव हो । यो अहिले विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल पर्वका रूपमा विकसित भइसकेको छ, जसमा उपभोक्ताका लागि विभिन्न अफर, फ्ल्यास डिल र सीमित समयका छुटहरू उपलब्ध गराइन्छन् ।