जनार्दनको आरोप- नेतृत्वबाट बुर्जुवा, काल्पनिक र जनविरोधी संस्कृति प्रदर्शन

Yangle News
Yangle News
२०८२ कार्तिक १८ गते
जनार्दनको आरोप- नेतृत्वबाट बुर्जुवा, काल्पनिक र जनविरोधी संस्कृति प्रदर्शन

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको माग र भावनाविपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको एकता स्वीकार्न नसकेको बताएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ४० वर्षदेखिको साथ छाड्दै अर्का नेता राम कार्कीसहित शर्माले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ राजनीतिक ध्रुवीकरणको घोषणा गरेका हुन् ।

‘प्रगतिशील अभियान, नेपाल’ नाम दिएर थालिएको उक्त अभियानको मूल नारा विद्रोह जायज छ, विद्रोह अधिकार हो : समाजवादी ऐक्यवद्धता-आजको आवश्यकता मूल नारा दिइएको छ । प्रचण्ड नेतृत्वलाई दीर्घकालीन वैचारिक विचलन र इतिहासको अभिभारा बिर्सिएको आरोप लगाइएको छ । कम्युनिष्ट आन्दोलनको पुरानो पुस्ताका नेताहरूले ‘वर्गीय र क्रान्तिकारी’ पदचापलाई भुलेर वैचारिक विचलन, अवसरवाद र नेतृत्वमा पुँजीवादको चरित्र प्रदर्शन गरेकोले अभियान सुरू गरिएको शर्मा समूहको विज्ञप्तिमा उल्लेख छ ।

शहीदहरूको बलिदानलाई धोका नदिई क्रान्तिकारी विचार र व्यवहारमा आधारित शुद्ध कम्युनिष्ट पार्टी निर्माण गर्ने उनको प्रतिवद्धता छ । विज्ञप्तिमा नेताहरूको व्यक्तिगत जीवनशैलीमाथि समेत गम्भीर प्रश्न उठाइएको छ । नेताहरूले ‘बुर्जुवा, काल्पनिक, आदर्शवादी, जनविरोधी संस्कृति’ प्रदर्शन गरेको र उनीहरूको जीवन तथा व्यवहारमा श्रमजीवी वर्गको प्रतिनिधित्व र क्रान्तिकारी मर्यादा नभएको आरोप लगाइएको छ ।

शर्माले नेतृत्वमा अहङ्कार, स्वेच्छाचारिता बढेको भन्दै आलोचना सुन्न नसक्ने प्रवृत्तिका कारण वैचारिक संवाद र संघर्षका सबै ढोका बन्द भएको निष्कर्ष निकालेका छन् ।

विज्ञप्ति :

Yangle News

Yangle News

Yangle News