काभा कप पुरुष भलिबलमा नेपालले चौथो हार

Yangle News
Yangle News
२०८२ कार्तिक १० गते
काभा कप पुरुष भलिबलमा नेपालले चौथो हार

बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले चौथो हार ब्यहोरेको छ । समूह चरणको पाँचौ खेलमा नेपाल आज श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएको छ ।

आज ढाकाको मिरपुरस्थित सहिद सुह्रवर्ती इन्डोर रंगशालामा नेपालले खेल १८-२५, १७-२५ र २०-२५ ले गुमायो । यसअघि पहिलो खेलमा नेपाल तुर्किमिनिस्तानसँग २२-२५, १८-२५, २५-२७ ले पराजित भएको थियो ।

अर्को खेलमा पनि नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भयो । सुरुआती दुई सेट २३-२५, २०-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२३, २५-१६ ले आफ्नो पक्षमा पारेको थियो । पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १४-१६ ले पछि पर्‍यो ।

तेश्रो खेलमा भने नेपालले सम्भावना देखाएको थियो । शुक्रबार नेपालले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो । उक्त खेलमा नेपाल २५-२१, २५-२३, २५-१८ ले विजयी भएको थियो ।

तर, चौथो खेलको नतिजा भने नेपालका लागि दुखद हुन पुग्यो । उक्त खेलमा नेपालले १८-२५, १७-२५, २१-२५ ले अफगानिस्तानलाई नतिजा सुम्पेको थियो । योसँगै फाइनल खेल्ने नेपालको सम्भावनासमेत सकिएको थियो ।

चौथो हारसँगै पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौं स्थानमा रह्यो । अब नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

Yangle News