ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा

Yangle News
Yangle News
२०८२ अशोज २६ गते
ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME)ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ ।

Yangle News