प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्ट्राचारविरुद्धको अभियान सुरु भएको बताएकी छन् । उनले सरकारले इमानदार प्रयास गरिहेको बताउँदै आन्दोलनका क्रममा भेटिएको भनिएको नगद रकमको बारेमा छानबिन सुरु भएको बताएकी हुन् ।
त्यस्तै कार्कीले समयमै निर्वाचन सम्पन्न गर्ने वातावरण बताउन सम्बद्ध सबैलाई आग्रह गरेकी छन् । उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न अपिलसमेत गरिन् । उनले विदेशबाट समेत भोट हाल्न पाउने व्यवस्थाका लागि छलफल भइरहेको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले औद्योगिक क्षेत्रको सुरक्षामा सरकारले विशेष ध्यान दिने बताइन् ।
त्यस्तै आन्दोलनमा भएको क्षतिबारे विवरण संकलन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बनाएको र काम सुरु गरेको जानकारी दिइन् । पुनर्निर्माण गर्नुपर्ने सरकारी संरचनाका लागि नागरिकस्तरमा पनि सहयोग आह्वान गरिएको बताइन् ।
पूर्णपाठ :