गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी भएको छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दाबी परेको छ । त्यसको कूल दाबी पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबर छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ को चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरन्स कम्पनीमा ३६६ वटा बीमा दाबी परेको छ । कूल दाबी भने दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ रहेको छ । आइजिआइ प्रुडेन्सियल इस्न्योरेन्समा २४ वटा बीमा दाबी परेको छ । सो कम्पनीमा एक अर्ब ५९ करोड छ लाख ८० हजार ८०० बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ वटा बीमा दाबी छ । एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ बराबरको माग भइआएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १९६ वटाको आवेदन पर्दा एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ बराबरको बीमा दाबी परेको छ ।
नेको इन्स्योरेन्समा ४० वटाको एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको माग भएको छ । सानिमा जीआइसीमा १२९ वटाको ७८ करोड ९३ लाख ७९ हजार बराबरको दाबी छ ।
राष्ट्रिय बीमा कम्पनीमा १७२ वटाको ४९ करोड ५१ लाख बराबरको बीमा माग भएको छ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा १७० वटाको ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ वटाको ४६ करोड ९४ लाख ९८ हजार बराबरको बीमा दाबी परेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीमा १५१ वटाको ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ वटाको १९ करोड १८ लाख बराबरको बीमा दाबी भएको छ ।
नेशनल इन्स्योरेन्स कम्पनीमा १९ वटाको छ करोड ८२ लाख ९० हजार ७५६ बराबरको दाबी परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा नौ वटाको एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा छ वटाको ६७ लाख सात हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १५ वटाको ५६ लाख ३६ हजार, ट्रष्ट माइक्रो इन्स्योरेन्समा आठ वटाको ४२ लाख बराबरको बीमा दाबी भएको छ ।
हालसम्म एक हजार ९८४ वटा बीमा दाबी भएको प्राधिकरणले जनाएको छ ।