भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ ।
बिहीबार बसेको समितिको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरेको हो । विधेयकको छलफलबाट माओवादी केन्द्र र रास्वपा भने बाहिरिएका छन् । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार पनि दिन सकिने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए । विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेस-नेकपा एमालेबीच नै विवाद थियो ।
विधेयकमा घडेरी, आवास र अपार्टमेन्ट बनिसकेको अवस्थामा जग्गा बेच्न पाउने व्यवस्था गरिएको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यस व्यवस्थामा आपत्ति जनाउँदै संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
जुन प्रयोजनका लागि हदबन्दीभन्दा बढी जग्गा लिइएको हो सोही प्रयोजनमा व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ ।