चलचित्र ‘जारी-२’को टिजर सार्वजनिक

Yangle News
Yangle News
२०८२ साउन २६ गते
चलचित्र ‘जारी-२’को टिजर सार्वजनिक

चलचित्र ‘जारी-२’को टिजर सार्वजनिक भएको छ । असोज ३ गते रिलिज हुने ‘जारी-२’को टिजर सार्वजनिक भएकोशो ।

सार्वजनिक टिजरले लिम्बू समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा देखाउने प्रयास गरेको छ । ट्रेलरले च्याब्रुङलाई लिम्बूको खुसीको स्वरमा व्याख्या गरेको छ । ‘जारी-२’ चलचित्र ‘जारी’को सिक्वेल हो ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

२०८० सालमा रिलिज भएको ‘जारी’ले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।

टिजर: