एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

Yangle News
Yangle News
२०८२ असार २८ गते
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली खेलाडीहरूको अक्सनमा सहभागी हुन आवश्यक दर्ता प्रक्रिया सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै इच्छुक खेलाडीहरूलाई अनलाइन फाराम भरेर दर्ता गर्न आग्रह गरेको हो । https://npl-t20.com/registration लिंकमार्फत हुने यो दर्ता प्रक्रिया साउन ६ गतेसम्म खुला रहनेछ। प्रत्येक खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।

हालै फ्रेन्चाइज टोलीहरूबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीले अनलाइनमार्फतै नाम टिपाउनुपर्ने क्यानले स्पष्ट पारेको छ ।

विज्ञप्ति :

Yangle News