भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला दुई दिनमा २१ जनाको मृत्यु भएको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ ।
सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन् । महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोना संक्रमित छन् ।
पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ ।
भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नेपालमा पनि यसको खतरा बढिरहेको छ ।