यस साता सामान्य अंकले बढ्यो नेप्से

Yangle News
Yangle News
२०८२ जेष्ठ १७ गते
यस साता सामान्य अंकले बढ्यो नेप्से

यस साता ४ कारोबार दिनका लागि सेयर बजार खुलेको थियो । यसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने बाँकी दिन घटेको थियो ।

नेप्से परिसूचक यस साता सामान्य अंक बढेर बन्द भएको छ । गत साता २६८८५५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१७ प्रतिशत अर्थात ४.५१ अंक बढेर २६९३.०६ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा ८ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ५८ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.३१ प्रतिशत घटेको हो । यस साता दैनिक औषत शेयर संख्या ७.३५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १३.१६ प्रतिशत घटेको छ ।

नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १० अर्ब रुपैयाँ बढेर ४४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

१३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ । गत साता १३९५.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५ अंक बढेर १४२०.२४ विन्दुमा पुगेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढको छ ।

अंकका आधारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता ७१६२.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२३.६७ अंक बढेर ७२८६.२२ विन्दुमा पुगेको छ । कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.७४ प्रतिशत घटेको छ । अंकका आधारमा भने जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १७८.३२ अंक घटेको छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ४६.३९ प्रतिशत बढेको छ । गत साता १ हजार २४ रुपैयाँ ३० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार ४९९ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, बुटवल पावर कम्पनीको शेयरमूल्य साढे २२ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य सर्वाधिक २० प्रतिशत घटेको छ ।

यस साता नेप्सेमा १ करोड ८६ लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको छ । यस साता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनसशेयर र पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।