जापानबाट ७ नेपाली निष्कासित भएका छन् । गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो ।
निष्कासनमा पर्नेमा बुढा, बुढा मगर, छन्त्याल, दर्लामी, नेम्वाङ, थापा मगर र पुन रहेका छन् । उनीहरूलाई थाई एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो ।
यसअघि, गत वैशाख अन्तिम साता पनि जापानले दुई जना नेपालीलाई निष्कासन गरेको थियो । अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनी निष्कासनमा परेका थिए ।