प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

Yangle News
Yangle News
२०८२ बैशाख २५ गते
प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ ।

आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।

82 views