सरकारले नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ । पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ ।
एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई मानव स्रोत, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । त्यस्तै, दान बहादुर कार्कीलाई कार्य विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान तथा डा. मनोज केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ ।