राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाएका हुन् ।
नेपाल संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।
विज्ञप्ति :