नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुन तोलामा ३ हजार ९ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो । मूल्य वृद्धिसँगै छापावाल सुन तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन तोलामा १ लाख ८१ हजार १ सयमा किनबेच भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर १ हजार ९ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।