राजावादी आन्दोलन : यी हुन् हिंसा मच्चाउने र लुटपाटका ४१ अभियुक्त

Yangle News
Yangle News
२०८१ चैत्र १७ गते
राजावादी आन्दोलन : यी हुन् हिंसा मच्चाउने र लुटपाटका ४१ अभियुक्त

तीनकुने क्षेत्रमा हिंसा मच्चाउने र लुटपाट गर्ने ४१ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्रपा नेता रविन्द्र मिश्र, सांसदसमेत रहेका राप्रपा नेता धवल शमशेर राणा, झापाका पुष्कर खतिवडा, रुपन्देही घर भई काठमाडौंको तारकेश्वर बस्ने गोपाल मल्ल, लमजुङका मनिन्द्र राजभण्डारी, झापाका गोपीकृष्ण खड्का, सुनसरीका सन्तोष चौधरी, झापाकै रामकुमार धिमाल, काठमाडौंका पशुपति खड्का, जुम्लाका हरिहर चौलागाईं र तनहुँका विष्णु पराजुली रहेका छन् । प्रहरीले उनीहरूविरुद्ध राज्यविरुद्धको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाउने भएको छ ।

त्यस्तै पक्राउ पर्नेमा स्याङ्जाका देवबहादुर थापा मगर, रौतहटका राज ठाकुर, काठमाडौंका प्रसिद्ध मल्ल, रुकुमका विकास ओली, महोत्तरीका सुदर्शन थापा, खोटाङका डा. राजकुमार राई, खोटाङकै भगवती रोक्का, उदयपुरका नबिन ढकाल, सप्तरीका आलोक पराजुली, रौतहटका इरफान खान, सिन्धुपाल्चोकका गणेशबहादुर गुरुङ, काभ्रपलाञ्चोकका विवेक खनाल, बाराका उपेन्द्र साह, मकवानपुरका कृष्णकुमार बस्नेत, चितवनका जीवन पुरी, कैलालीका गणेश प्याकुरेल, दोलखाका सरुन थापा, काठमाडौंका श्रवण लामा, रामेछापका स्टन लामा, नुवाकोटका सुशीला कुमाल रहेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकका निर्मला कार्की, सुनसरीका ऐलिसा राई, सुर्खेतका भबिन्द्र बिसी, धादिङका आशिष तामाङ, गुल्मीका लिला राणा, सिन्धुलीका चित्रमाया बस्नेत, सिन्धुलीकै सस्मिता बराल, बझाङका निराजन गिरी, दोलखाका प्रेध बहादुर र कालिकोटका मनिष कुमार शाही पनि घटनामा संलग्नताको अभियोगमा पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध आपराधिक उपद्र र संगठित अपरासम्बन्धी कसूरमा मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए । पक्राउ परेका सबै जनालाई जिल्ला अदालतमा ५ दिनको म्याद थपिएको उनले बताए ।

प्रवक्ता बोहोराका अनुसार राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित तीनवटा अभियोगमा अनुसन्धान गरिने भएको छ । त्यसबाहेक ३० जनालाई भने आपराधिक उपद्रवको अभियोग लगाइएको छ ।

पक्राउ परेकाहरुको सूची :

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News