आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गरे पश्चान बृहत जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा देशभर विविध कार्यक्रम गरी मनाइँएको छ ।
प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् ।
यसै अवसरमा सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्र दिवसका अवसरका आयोजित विशेष
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।